2077-08-11 पारामेडिकल भवनको शिलान्यास

प्रदेश नंं.१ का मुख्यमन्त्रि तथा मनमोहन प्राविधिक विश्वविद्यालयका कुलपति माननीय शेरधन राईबाट भवनको शिलान्यास भएको हो । पारामेडिकल भवनमा हाइड्रोजन फयुल इनरजिको प्रषोधित गरीने विषय बस्तुमा अधारीत पाठ्य सँचालनका लागी आज मनमोहन प्राविधिक विश्वविद्यालयले पारामेडिकल भवनको शिलान्यास गरीएको हो । २ तल्ले पारामेडिकल भवनको जम्मा लागत १२ करोड ३१ लाख १४ हजार ९सय ७३ रुपैया रहेको रहेको जानकारी गराइएकाे थियाे । त्यसैगरी कार्यक्रममा प्रदेश १ का समाजिक विकाश मन्त्रालय तथा मनमोहनका सकुलपति मन्त्रि जिवन घिमिरे, बुढीगंगा गाउँपालिकाको अध्यक्ष बालचन्द्र माझि, उपाअध्यक्ष अमिृता कुमारी गच्छदार लगाएत विशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रमको अध्यक्षता मनमोहन प्राविधिक विश्वविद्यालयका प्रमुख डा. सुवास श्री पोखरेल रहनु हुँदै कार्यक्रमको स्वागत मन्तव्यमा मनमोहन प्राविधिक विश्वविद्यालय आगामी शैक्षिक सत्र २०७८/०७९ देखी स्नातक तह तर्फ सिभिल इन्जिनियरिङ्ग ,इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक इन्जिनियरिङ्ग विषयको पठनपाठन प्रारम्भ हुने कुरा जानकारी दिदैं वहाँले हाल उक्त विषय को पाठ्यक्रम ,विश्वविद्यालय नियम र निर्देशिका तयारी भइरहेको बताउँनु भयो ।

paramedical silanyas1

paramedical silanyas2