02 Aug 2021, Monday

2077-05-04 विराट क्याम्पसको भवन तथा जग्गा विश्वविद्यालयलाई हस्तान्तरण

२०७७।०५।०४ गतेका दिन प्रदेश सरकार प्रदेश नं. १ का सामाजिक विकास मन्त्री माननीय श्री जिवन घिमिरे ज्यूको समुपस्थिति तथा सामाजिक विकास मन्त्रालयका सचिव श्री गोबिन्द बहादुर कार्की ज्यूको उपस्थितिमा विराट क्याम्पसका अध्यक्ष श्री भूराज राई ज्यूले मनमोहन प्राविधिक विश्वविद्यालयका प्रमुख डा. सुवास श्री पोख्रेल ज्यूलाई विराट क्याम्पसको नाममा रहेको विराटनगर महानगरपालिका वडा नं. १४ जतुवा स्थित दुई तल्ले भवन तथा ००-१५-०५ कठ्ठा जग्गा सामाजिक दुरी कायम गरि सम्पन्न कार्यक्रम बीच सामाजिक विकास मन्त्रालयमा हस्तान्तरण गरियो ।

ourbiratnagar.net मा मिति २०७७-०५-०४ मा प्रकाशित

विराटनगर १४ को विराट क्याम्पसको सम्पति र दायित्व मनमोहन विश्वविद्यालयलाई हस्तान्तरण गरिएको छ ।
सामाजिक विकास मन्त्रालयमा बिहीबार क्याम्पसका अध्यक्ष भूराज राईले करिव ४० करोडको सम्पति तथा दायित्व विश्वविद्यालयका प्रमुख सुवास श्री पोखरेललाई हस्तान्तरण गर्नुभयो । स्वामित्व ग्रहण गर्दै विश्वविद्यालयका प्रमुख पोखरेलले विराट क्याम्पसको उचाईलाई कायम राख्नेगरि काम गरिने बताउनुभयो ।
सम्पत्ति र दायित्व हस्तान्तरण कार्यक्रममा सामाजिक विकास मन्त्री तथा विश्वविद्यालयका सहकुलपति जीवन घिमिरेले विराट क्याम्पसको भावनामा चोट नपुग्ने गरि विश्वविद्यालले शैक्षिक कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो । उहाँले विराट क्याम्पस विश्वविद्यालयको सबैभन्दा ठुलो दाता भएको बताउनुभयो ।
मनमोहन प्राविधिक विश्वविद्यालय अहिले पाठ्यक्रम तयारीमा रहेकाले शैक्षिक कार्यक्रम सञ्चालन गर्न १ देखि डेढवर्ष लाग्ने भएकाले तत्कालका लागि प्रदेश सरकारले सीप प्रशिक्षण केन्द्र शुरु गर्ने मन्त्री घिमिरेले बताउनुभयो । सामाजिक विकास मन्त्रालय र मनमोहन प्राविधिक विश्वविद्यालय अन्र्तगतका तालिम विराट क्याम्पसको भवनबाट शुरु गर्ने मन्त्री घिमिरेले बताउनुभयो ।