26 Apr 2024, Friday

02-24-2022 स्नातक तहका इन्जिनियरिङ्ग कार्यक्रमहरुमा बिद्यार्थी भर्ना खुला

मनमोहन प्राविधिक विश्वविद्यालय अन्तर्गतको स्कुल अफ इन्जिनियरिङ्गले ४ बर्षे स्नातक तहको इन्जिनियरिङ्ग कार्यक्रमहरुमा नयाँ बिद्यार्थी भर्ना खुलाएको छ । आज मिति २०७८ साल फाल्गुन १२ गतेबाट ब्याच्लर इन इन्जिनियरिङ्गका सिभिल र इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स कार्यक्रमहरुमा भर्ना खुलाएको हो । यि कार्यक्रमहरुमा बिद्यार्थी भर्ना भएसँगै विश्वविद्यालयले पठनपाठन शुरुवात गर्ने विश्वविद्यालयका उपकुलपति डा. सुवासश्री पोख्रेलले बताउनु भयो ।
स्कुल अफ इन्जिनियरिङ्गका डिन डा. प्रचण्डमान प्रधानका अनुसार यस शैक्षिक सत्र २०७८/७९ का लागि दुवै कार्यक्रमहरुमा २४/२४ सिटका लागि भर्ना खुलाएको हो । उहाँले आगामी बर्षबाट कार्यक्रमहरु र बिद्यार्थी संख्या समेत थपिने जानकारी गराउनु भएको छ । साथै उहाँले प्रवेश परिक्षाकाे फारम अनलाइन मार्फत विश्वविद्यालयको वेवसाइटबाट भर्न सकिने बताउनु भएकोछ ।