03 May 2024, Friday

2079-07-07 (03 Nov 2022) स्नातक तहको विद्यार्थी भर्ना अभियान २०७९/८० को सन्दर्भमा अन्तर्रक्रिया कार्यक्रम सम्पन्न

मनमोहन प्राविधिक विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङको स्नातक तहको विद्यार्थी भर्ना अभियान २०७९/८० को सन्दर्भमा अन्तर्रक्रिया कार्यक्रम सम्पन्न भएको छ । स्कुल अफ इन्जिनियरिङका डिन डा. प्रचण्ड मान प्रधानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विश्वविद्यालका उपकुलपति डा. सुवास श्री पोख्रेल, रजिष्ट्रार डा. दिलनाथ फुएल र विभागीय प्रमुख सह-प्राध्यापक नरेन्द्र कुमार डाँगीज्यूको उपस्थिति रहेको थियो । तीस जना भन्दा बढी पत्रकारहरुको उपस्थिति रहेको सो कार्यक्रममा स्कुल अफ इन्जिनियरिङको स्नातक तहको विद्यार्थी भर्ना सम्बन्धी जानकारी िदइएको थियो ।