30 Apr 2024, Tuesday

2079-08-28 (14 Dec 2022) मनमोहन प्राविधिक विश्वविद्यालय र आसाम डाउन टाउन युनिभर्सिटी बीच विभिन्न विषयमा सहकार्य गर्न सम्झौता

मनमोहन प्राविधिक विश्वविद्यालयले भारतको आसाम डाउन टाउन युनिभर्सिटीसँग विभिन्न विषयमा सहकार्य गर्ने सम्झौता गरेको छ ।

२०७९ साल मंसिर २८ गते बुधबार आसाम डाउन टाउन युनिभर्सिटीको सभाहलमा आयोजित कार्यक्रममा मनमोहन प्राविधिक विश्वविद्यालयका रजिस्ट्रार डा. दिलनाथ फुयल र डाउन टाउन युनिभर्सिटीका भिसी डा. एन. सी तालुकदारले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

हस्ताक्षर कार्यक्रममा मनमोहनका तर्फबाट डा.फुयल, विषयविज्ञ साई विजय रिजाल, मनोविमर्षक दिनेशकुमार पौडेल तथा डाउन टाउन युनिभर्सिटीका भिसी तालुकदार, प्रो. भिसी आरवी सिंह, डा.मिर्मोय वशाख, तनैया बम्जन र नेपालका कोर्डिनेटर शंकर भट्टराई, विद्यार्थी लगायत सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

सम्झौता पत्रमा हस्ताक्षर गरेका डा.फुयलले प्राविधिक बिषयमा नेपाली विद्यार्थीहरुलाई दक्ष बनाउन यो एउटा कोसेढुंगा सावित हुने बताएकाछन् । सम्झौता पत्रमा दुवै पक्षका विद्यार्थीहरुलाई प्रोग्राम, फ्याकल्टी, प्यालेसमेन्ट लगायतका अन्य विषयमा सहकार्य गर्ने उल्लेख छ । यो सम्झौता ५ वर्षका लागि गरिएको छ ।

नेपालका युनिभर्सिटी र कलेजबाट विभिन्न तहको उच्च शिक्षाका लागि सहकार्य गर्ने कार्य भइरहेकोमा गर्व महसुस भएको डाउन टाउन युनिभर्सिटीका भिसि तालुकदारले बताए ।

पूर्वी सीमा काँकरभिट्टाबाट ५०० किलोमिटरको दूरीमा यो युनिभर्सिटी छ । उत्तरपूर्वी भारतको गुवाहाटीको बम्रपुत्र नदी नजिक रहेको सबैभन्दा ठूलो र सुविधा सम्पन्न युनिभर्सिटी हो । यो युनिभर्सिटीमा विभिन्न मुलुकका दश हजार भन्दाबढी विद्यार्थी पढ्छन् ।