30 Apr 2024, Tuesday

2079-11-03 (15 Feb 2023) कार्य क्षमताकाे मूल्यांकनका आधारमा बढुवा हुनु भएका शिक्षक/कर्मचारीहरूलाई नियुक्ती पत्र प्रदान

मनमोहन प्राविधिक विश्वविद्यालयको आंगिक शिक्षालय मनमोहन स्मृति पोलिटेक्निकको विभिन्र पदका लागि विश्वविद्यालयको सेवा आयोगद्वारा गरिएको विज्ञापनबाट छनाैट भई सिफारिस हुनु भएका शिक्षक/कर्मचारीहरूलाई एक कार्यक्रम बिच रजिष्ट्रार डा. दिलनाथ फूएलले नियुक्ती पत्र प्रदान गर्नु भयो । सिनियर लेक्चरर पदबाट चिफ लेक्चरर पदमा श्री भीम प्रसाद काफ्ले र श्री सविता गौतम दाहाल बढुवा हुनु भएको हो भने असिस्टेन्ट लेकचरर पदबाट लेकचरर पदमा इ. युवराज चौधरी र इ. लोचन राज न्यौपाने बढुवा हुनु भएको हो साथै रोजगार अधिकृत पदबाट बरिष्ट रोजगार अधिकृत पदमा श्री प्रकृति भट्टराई बढुवा हुनु भएको हो । कार्यक्रममा उपस्थित स्कुल अफ इन्जिनियरिंगका डिन डा. प्रचण्ड मान प्रधान, सभा सदस्य श्री सत्य नारायण चाैधरी, संरक्षण समितिका सदस्यहरू श्री राजन के.सि. र श्री कासिम  मिँया, पाेलिटेक्निकका प्राचार्य इ. सुदिप अधिकारी, प्रशासन प्रमुख श्री मदन कुमार श्रेष्ठ र बरिष्ट लेखा अधिकृत श्री सुजन भूर्तेलका सामू बढुवा हुनु भएका शिक्षक/कर्मचारीहरूकाे सपथ ग्रहण समेत गरिएकाे थियाे ।