29 Sep 2024, Sunday

2081-06-12 (28 Sept 2024) - प्राकृतिक विपतका कारण पठनपाठन बन्द रहने सम्बन्धमा

देशभर अविरल बर्षाका कारण असहज परिस्थिति उत्पन्न भएकोले नेपाल सरकारको अनुरोध तथा मनमोहन प्राविधिक विश्वविद्यालयको निर्णयानुसार भोलि मिति २०८१-०६-१३ गते आइतबारका दिन मनमोहन प्राविधिक विश्वविद्यालय अन्तर्गतका स्कुलहरु तथा आंगिक शिक्षालयमा पठनपाठन बन्द रहने तथा मिति २०८१-०६-१३ गते सञ्चालन हुने परीक्षाहरु समेत स्थगन रहने सूचित गरिन्छ । मिति २०८१-०६-१३ गतेको परीक्षाहरुको तालिका पछि प्रकाशित गरिनेछ । विश्वविद्यालय तथा यसका सम्पूर्ण निकायका प्रशासन भने खुला रहनेछ ।