+977-21-590692 +977-9852636692 info@mtu.edu.np
Updates from MTU

News & Events

Keynote speech on 10th Int'l Conf. Kerpic'23
November 06, 2023

Keynote speech on 10th Int'l Conf. Kerpic'23

Dean of SoE, Prof. Dr. Prachand Man Pradhan successfully delivered a Keynote Speech (online) to the 10th Int'l Conf. Kerpic'23 on 'Evaluation of Period of Vibration and Vulnerability Assessment of a Historical Masonry, Sama Center: A Case Study' at Dicle University, Turkey on 26th Oct. 2023. The conference was organised by Kerpic Akademi, Kerpic Network and Dicle University, Turkey.

MOU with Purbanchal University
August 10, 2023

MOU with Purbanchal University

A Memorandum of Understanding (MoU) was held between Manmohan Technical University, School of Engineering (MTU, SOE) and Purbanchal University, Faculty of Engineering (PUFOE) on the 10th of August 2023 (2080, Shrawan 25) at the premises of Purbanchal University Vice-Chancellor’s office, Gothgaon. Prof. Dr Prachand Man Pradhan, Dean of, SOE signed the MoU on behalf of MTU, SOE while Prof. Debi Prasad Bhattarai signed on behalf of PUFOE. The MoU was done basically to collaborate in engineering education, research and faculty exchange. The MoU was done in gracious presence of Dr. Subash Shree Pokhrel, VC of MTU and Prof. Dr Yadav Raj Koirala, VC of PU. Similarly, Registrars from both the Universities Dr. Dilnath Fuel (MTU) and Assoc. Prof. Neel Mani Pokhrel (PU) along with Dignitaries Professors, staffs from PU and MTU also witnessed the signing ceremony.

कार्य क्षमताकाे मूल्यांकनका आधारमा बढुवा हुनु भएका शिक्षक/कर्मचारीहरूलाई नियुक्ती पत्र प्रदान
February 15, 2023

कार्य क्षमताकाे मूल्यांकनका आधारमा बढुवा हुनु भएका शिक्षक/कर्मचारीहरूलाई नियुक्ती पत्र प्रदान

मनमोहन प्राविधिक विश्वविद्यालयको आंगिक शिक्षालय मनमोहन स्मृति पोलिटेक्निकको विभिन्र पदका लागि विश्वविद्यालयको सेवा आयोगद्वारा गरिएको विज्ञापनबाट छनाैट भई सिफारिस हुनु भएका शिक्षक/कर्मचारीहरूलाई एक कार्यक्रम बिच रजिष्ट्रार डा. दिलनाथ फूएलले नियुक्ती पत्र प्रदान गर्नु भयो । सिनियर लेक्चरर पदबाट चिफ लेक्चरर पदमा श्री भीम प्रसाद काफ्ले र श्री सविता गौतम दाहाल बढुवा हुनु भएको हो भने असिस्टेन्ट लेकचरर पदबाट लेकचरर पदमा इ. युवराज चौधरी र इ. लोचन राज न्यौपाने बढुवा हुनु भएको हो साथै रोजगार अधिकृत पदबाट बरिष्ट रोजगार अधिकृत पदमा श्री प्रकृति भट्टराई बढुवा हुनु भएको हो । कार्यक्रममा उपस्थित स्कुल अफ इन्जिनियरिंगका डिन डा. प्रचण्ड मान प्रधान, सभा सदस्य श्री सत्य नारायण चाैधरी, संरक्षण समितिका सदस्यहरू श्री राजन के.सि. र श्री कासिम मिँया, पाेलिटेक्निकका प्राचार्य इ. सुदिप अधिकारी, प्रशासन प्रमुख श्री मदन कुमार श्रेष्ठ र बरिष्ट लेखा अधिकृत श्री सुजन भूर्तेलका सामू बढुवा हुनु भएका शिक्षक/कर्मचारीहरूकाे सपथ ग्रहण समेत गरिएकाे थियाे ।

मनमोहन प्राविधिक विश्वविद्यालय र आसाम डाउन टाउन युनिभर्सिटी बीच विभिन्न विषयमा सहकार्य गर्न सम्झौता
December 14, 2022

मनमोहन प्राविधिक विश्वविद्यालय र आसाम डाउन टाउन युनिभर्सिटी बीच विभिन्न विषयमा सहकार्य गर्न सम्झौता

मनमोहन प्राविधिक विश्वविद्यालयले भारतको आसाम डाउन टाउन युनिभर्सिटीसँग विभिन्न विषयमा सहकार्य गर्ने सम्झौता गरेको छ । २०७९ साल मंसिर २८ गते बुधबार आसाम डाउन टाउन युनिभर्सिटीको सभाहलमा आयोजित कार्यक्रममा मनमोहन प्राविधिक विश्वविद्यालयका रजिस्ट्रार डा. दिलनाथ फुयल र डाउन टाउन युनिभर्सिटीका भिसी डा. एन. सी तालुकदारले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । हस्ताक्षर कार्यक्रममा मनमोहनका तर्फबाट डा.फुयल, विषयविज्ञ साई विजय रिजाल, मनोविमर्षक दिनेशकुमार पौडेल तथा डाउन टाउन युनिभर्सिटीका भिसी तालुकदार, प्रो. भिसी आरवी सिंह, डा.मिर्मोय वशाख, तनैया बम्जन र नेपालका कोर्डिनेटर शंकर भट्टराई, विद्यार्थी लगायत सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।सम्झौता पत्रमा हस्ताक्षर गरेका डा.फुयलले प्राविधिक बिषयमा नेपाली विद्यार्थीहरुलाई दक्ष बनाउन यो एउटा कोसेढुंगा सावित हुने बताएकाछन् । सम्झौता पत्रमा दुवै पक्षका विद्यार्थीहरुलाई प्रोग्राम, फ्याकल्टी, प्यालेसमेन्ट लगायतका अन्य विषयमा सहकार्य गर्ने उल्लेख छ । यो सम्झौता ५ वर्षका लागि गरिएको छ । नेपालका युनिभर्सिटी र कलेजबाट विभिन्न तहको उच्च शिक्षाका लागि सहकार्य गर्ने कार्य भइरहेकोमा गर्व महसुस भएको डाउन टाउन युनिभर्सिटीका भिसि तालुकदारले बताए । पूर्वी सीमा काँकरभिट्टाबाट ५०० किलोमिटरको दूरीमा यो युनिभर्सिटी छ । उत्तरपूर्वी भारतको गुवाहाटीको बम्रपुत्र नदी नजिक रहेको सबैभन्दा ठूलो र सुविधा सम्पन्न युनिभर्सिटी हो । यो युनिभर्सिटीमा विभिन्न मुलुकका दश हजार भन्दाबढी विद्यार्थी पढ्छन् ।