+977-21-590692, 9852636692 info@mtu.edu.np
Budhiganga-4, Morang, Koshi Province, Nepal
Open Email
August 22, 2022

मनमोहन प्राविधिक विश्वविद्यालय र महेन्द्ररत्न बहुमुखी क्याम्पस इलाम विच पारस्परिक सम्झौतामा हस्ताक्षर

मनमोहन प्राविधिक विश्वविद्यालय र महेन्द्ररत्न बहुमुखी क्याम्पस इलाम विच पारस्परिक सम्झौतामा हस्ताक्षर

इलाम । मनमोहन प्राविधिक विश्वविद्यालय, मोरङ र महेन्द्ररत्न वहुमुखी क्याम्पस, इलामका विच पारस्परिक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । दुई शैक्षिक संस्थाबिच अध्ययन, अध्यापन, परामर्श र अनुसन्धानका क्षेत्रहरूलाई अझ बढी प्रभावकारी, व्यवस्थित बनाउन दुवै शैक्षिक संस्थाबिच शैक्षिक संस्थामा हस्ताक्षर भएको हो । सम्झौता पत्रमा आ–आफ्नो क्षेत्रमा शैक्षिक गुणस्तर अभिवृद्धि गर्न र संस्थाहरूबाट प्रदान भई आएका, गर्न सकिने सेवा, सुविधा एवम् सहयोगलाई अझ उन्नत बनाउनका लागि रही दुवै पक्षबाट हस्ताक्षर गरिएको हो ।सम्झौता-पत्रमा दुवै हस्ताक्षरकर्ता संस्थाहरूको अधिनमा रहेका प्रयोगशाला, फिल्ड, पुस्तकालय, सङ्कलित तथ्याङ्क तथा सामग्रीहरू विद्यार्थी, प्राध्यापक एवम् कर्मचारीहरूको अध्ययन, अनुसन्धान, अध्यापन तथा अन्य प्राज्ञिक क्रियाकलापका लागि संस्थाहरूको नियमको परिधीभित्र रही एक अर्काले प्रयोग गर्न सक्ने उल्लेख छ ।

अध्ययन, अनुसन्धान, अध्यापन तथा अन्य प्राज्ञिक क्रियाकलापका लागि क्याम्पस/विश्वविद्यालयको आधिकारिक पत्र मार्फत अनुरोध  गरिने र पत्रमा तोकिएको विद्यार्थी, प्राध्यापक एवम् कर्मचारीलाई मात्र सो कार्यहरू गर्न अनुमति दिइने सम्झौता भएको छ ।मनमोहन प्राविधिक विश्वविद्यालयका तर्फबाट रजिष्ट्रार डा दिलनाथ फुयँल र इलाम क्याम्पसको तर्फबाट क्याम्पस प्रमुख खगेन्द्रनाथ चापागाईले हस्ताक्षर गरेका छन् । हस्ताक्षर भएको सम्झौता-पत्रमा सम्बन्धित विषय विज्ञहरूको विज्ञतालाई पारस्परिक हितको लागि प्रयोग गरिने, गेष्ट लेक्चरको कार्य गर्ने प्राध्यापकहरूलाई संस्थाको नियमअनुसार पारिश्रमिक उपलब्ध गराइने, आवश्यकता अनुसार दुई मध्ये कुनै पनि संस्थाले आयोजना गर्ने अध्ययन, अनुसन्धान तथा शिक्षण–सिकाई सम्बन्धी परामर्श सेवा, कार्यशाला गोष्ठी, सेमिनार तथा विचार गोष्ठीहरूमा हस्ताक्षरकर्ता संस्थाका प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरूलाई सहभागी गराइने उल्लेख छ ।यस्तै समय समयमा अध्ययन, अनुसन्धान तथा शिक्षण–सिकाई सम्बन्धी परामर्श सेवा, कार्यशाला गोष्ठी, सेमिनार तथा विचार गोष्ठीहरू संयुक्त रुपमा आयोजना गरिने पनि सम्झौता-पत्रमा उल्लेख छ । २ वर्षका लागि लागू हुने सम्झौतामा म्याद भुक्तान भएपछि दुवै शैक्षिक संस्थाको शैक्षिक गुणस्तर सुधारका कार्य गर्न पुनः अर्काे समझदारी गरी कार्यान्वयन गर्ने समझदारी पनि बनाएका छन् ।समझदारी पत्रको हस्ताक्षर कार्यक्रममा मनमोहन प्राविधिक विश्वविद्यालयका डीन प्रचण्डमान प्रधान, इलाम क्याम्पस संचालक समिति अध्यक्ष प्रेमलाल मिश्र, सहायक क्याम्पस प्रमुख पोष्टराज लामिछाने, प्रविन घिमिरे, सरिता निरौला आइक्यूएसि प्रमुख दिपेन्द्र प्रसाद दुलाल, अनुसन्धान विभाग प्रमुख राजेन्द्र प्रसाद बराल लगायतको उपस्थिति रहेको थियो ।

 

Event Photo Gallery