+977-21-590692, 9852636692 info@mtu.edu.np
Budhiganga-4, Morang, Koshi Province, Nepal
Open Email
February 04, 2024

मनमोहन प्राविधिक विश्वविद्यालय, स्कूल अफ इन्जिनियरिङमा खेलकुद दिवस-२०८० (Sports Meet 2024) संचालन

मनमोहन प्राविधिक विश्वविद्यालय, स्कूल अफ इन्जिनियरिङमा  खेलकुद दिवस-२०८० (Sports Meet 2024) संचालन

मनमोहन प्राविधिक विश्वविद्यालय स्कूल अफ इन्जिनियरिङ द्वारा संचालित  मिति २०८० माघ २१ गते देखि संचालन भई २४ गते समापन हुने ४ दिने खेलकुद दिवस-२०८० (Sports Meet - 2024),को विश्वविद्यालय खेलमैदानमा भव्य कार्यक्रमका बिच उद्घाटन भयो।स्नातक तह इन्जिनियरिङ तर्फका विद्यार्थीहरुको खेलकुद दिवसको  उद्घाटन कार्यक्रमको अध्यक्षता स्कूल अफ इन्जिनियरिङका डीन प्रा. डा. प्रचण्डमान प्रधानले गर्नुभएको थियो।मनमोहन प्राविधिक विश्वविद्यालयका बोर्ड अफ ट्रष्टिजका सदस्य श्री सत्यनारायण चौधरी, मनमोहन स्मृति पोलिटेक्निकका प्राचार्य इ. सुदिप अधिकारी, स्नातक तह फार्मेशी कार्यक्रमका संयोजक साइबिजय रिजाल, सिभिल कार्यक्रमका बिभागिय प्रमुख ओमनारायण चौधरी, इलेक्ट्रिकल्स एण्ड इलेक्ट्रोनिक्स बिभागका बिभागिय प्रमुख डा. दिपरंजन डंगोल समेतको बिशेष आतिथ्यता रहेको उक्त कार्यक्रममा प्रमुख अतिथि मनमोहन प्राविधिक विश्वविद्यालयका रजिष्ट्रार डा. दिलनाथ फुएल हुनुहुन्थयो।श्री सत्यनारायण चौधरीले आफ्नो बिचार व्यक्त गरे पश्चात प्रमुख अतिथि डा. दिलनाथ फुएलले शिक्षा संगसंगै खेलकुदको विषयमा प्रकाश पारी विद्यार्थीहरुलाई हौशला प्रदान गर्नु भएको थियो।

विद्यार्थीहरुले राष्ट्रिय झण्डा सहित आ-आफ्नो सदनको प्रतिनिधित्व गर्दै मार्चपास गरि मैदान प्रवेश गरेका थिए।बिभिन्न जातजातीको भेषभुषामा सझिएका बिद्यार्थीहरुले नृत्य समेत प्रस्तुत गरेका थिए।“इन्जिनियरको व्याथा अरुलाई के थाहा” नामक फेसबुक ग्रुप मिडिया पार्टनर रहेको उक्त कार्यक्रममा “गोरखा इको प्यानल” को तर्फबाट केही थान जर्सी सौजन्य स्वरुप प्राप्त भएको थियो।रजिष्ट्रार डा. दिलनाथ फुएलले राष्ट्रिय झण्डा फहराउदै कार्यक्रमको उद्घाटन गर्नुभयो भने डीन प्रा.डा. प्रचण्डमान प्रधानले आफ्नो अमुल्य विचार राखेर उद्घाटन कार्यक्रमको समापन गर्नु भयो।   

Share this page