+977-21-590692, 9852636692 info@mtu.edu.np
Budhiganga-4, Morang, Koshi Province, Nepal
Open Email
New merit scholarship general

Scholarship Notice !!

28 Sep, 2026 2083-06-12 (BS)

​यस मनमोहन प्राविधिक विश्वविद्यालय, स्कुल अफ इन्जिनियरिङको छात्रवृत्ति सिफारिस समितिको मिति २०८३/०६/१२ गते बसेको बैठकको निर्णयानुसार यस स्कुलमा शैक्षिक वर्ष २०८३/०८४ ब्याचमा भर्ना भई अध्ययनरत विद्यार्थीहरूलाई छात्रवृत्ति सिफारिस गरिएको छ।
​स्नातक तह प्रवेश परीक्षा सञ्चालन, व्यवस्थापन तथा भर्ना समितिद्वारा मिति २०८३/०४/२३ र २४ गते सञ्चालित सूचना प्रविधिमा आधारित इन्जिनियरिङ स्नातक तहको प्रवेश परीक्षाको योग्यताक्रम तथा मिति २०८३/०४/२८ गते प्रकाशित भर्ना सूचनामा तोकिएको अन्तिम म्याद (२०८३/०५/०५ गते साँझ ४:०० बजेसम्म) भित्र भर्ना भएका तपसिलका विद्यार्थीहरूलाई निर्देशिका बमोजिम जेहेन्दार तथा सहुलियत शुल्क छात्रवृत्तिका लागि सिफारिस गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।
​साथै, तपसिल बमोजिम छात्रवृत्ति सिफारिस गरिएका विद्यार्थीहरूउपर कुनै दाबी–विरोध भएमा मिति २०८३/०६/१४ गते कार्यालय समयभित्र निवेदन/उजुरी पेश गर्न समेत सूचित गरिन्छ।
​तपसिल:
​१. शैक्षिक वर्ष २०८३/८४ मा भर्ना भई प्रवेश परीक्षाको योग्यताक्रमका आधारमा प्रथम सेमेस्टरका लागि जेहेन्दार/सहुलियत शुल्क छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूको नामावली:

सि.नं.विद्यार्थीको नामकार्यक्रम (स्नातक तह)छात्रवृत्तिको किसिमकैफियत
१.प्रेरणा कुमारी यादवसिभिल इन्जिनियरिङजेहेन्दार छात्रवृत्तिप्रथम समेष्टर मात्र
२.आयुश राईसिभिल इन्जिनियरिङसहुलियत शुल्क छात्रवृत्तिप्रथम समेष्टर मात्र
३.विप्रलव चौधरीसिभिल इन्जिनियरिङसहुलियत शुल्क छात्रवृत्तिप्रथम समेष्टर मात्र
४.जानुका गिरीसिभिल इन्जिनियरिङसहुलियत शुल्क छात्रवृत्तिप्रथम समेष्टर मात्र
५.नितिन कुमार कर्णसिभिल इन्जिनियरिङसहुलियत शुल्क छात्रवृत्तिप्रथम समेष्टर मात्र
६.सुयोग भट्टराईइलेक्ट्रिकल इन्जिनियरिङजेहेन्दार छात्रवृत्तिप्रथम समेष्टर मात्र
७.विषम निरौलाइलेक्ट्रिकल इन्जिनियरिङसहुलियत शुल्क छात्रवृत्तिप्रथम समेष्टर मात्र
८.अपेक्षा चौधरीइलेक्ट्रिकल इन्जिनियरिङसहुलियत शुल्क छात्रवृत्तिप्रथम समेष्टर मात्र


 

Share this page