+977-21-590692, 9852636692 info@mtu.edu.np
Budhiganga-4, Morang, Koshi Province, Nepal
Open Email
Updates from MTU

News & Events

Explore the latest activities, research achievements, programs, workshops, and milestones from Manmohan Technical University.

मनमोहन प्राविधिक विश्वविद्यालय र आसाम डाउन टाउन युनिभर्सिटी बीच विभिन्न विषयमा सहकार्य गर्न सम्झौता
December 14, 2022

मनमोहन प्राविधिक विश्वविद्यालय र आसाम डाउन टाउन युनिभर्सिटी बीच विभिन्न विषयमा सहकार्य गर्न सम्झौता

मनमोहन प्राविधिक विश्वविद्यालयले भारतको आसाम डाउन टाउन युनिभर्सिटीसँग विभिन्न विषयमा सहकार्य गर्ने सम्झौता गरेको छ ।२०७९ साल मंसिर २८ गते बुधबार आसाम डाउन टाउन युनिभर्सिटीको सभाहलमा आयोजित कार्यक्रममा मनमोहन प्राविधिक विश्वविद्यालयका रजिस्ट्रार डा. दिलनाथ फुयल र डाउन टाउन युनिभर्सिटीका भिसी डा. एन. सी तालुकदारले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।हस्ताक्षर कार्यक्रममा मनमोहनका तर्फबाट डा.फुयल, विषयविज्ञ साई विजय रिजाल, मनोविमर्षक दिनेशकुमार पौडेल तथा डाउन टाउन युनिभर्सिटीका भिसी तालुकदार, प्रो. भिसी आरवी सिंह, डा.मिर्मोय वशाख, तनैया बम्जन र नेपालका कोर्डिनेटर शंकर भट्टराई, विद्यार्थी लगायत सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।सम्झौता पत्रमा हस्ताक्षर गरेका डा.फुयलले प्राविधिक बिषयमा नेपाली विद्यार्थीहरुलाई दक्ष बनाउन यो एउटा कोसेढुंगा सावित हुने बताएकाछन् । सम्झौता पत्रमा दुवै पक्षका विद्यार्थीहरुलाई प्रोग्राम, फ्याकल्टी, प्यालेसमेन्ट लगायतका अन्य विषयमा सहकार्य गर्ने उल्लेख छ । यो सम्झौता ५ वर्षका लागि गरिएको छ ।नेपालका युनिभर्सिटी र कलेजबाट विभिन्न तहको उच्च शिक्षाका लागि सहकार्य गर्ने कार्य भइरहेकोमा गर्व महसुस भएको डाउन टाउन युनिभर्सिटीका भिसि तालुकदारले बताए ।पूर्वी सीमा काँकरभिट्टाबाट ५०० किलोमिटरको दूरीमा यो युनिभर्सिटी छ । उत्तरपूर्वी भारतको गुवाहाटीको बम्रपुत्र नदी नजिक रहेको सबैभन्दा ठूलो र सुविधा सम्पन्न युनिभर्सिटी हो । यो युनिभर्सिटीमा विभिन्न मुलुकका दश हजार भन्दाबढी विद्यार्थी पढ्छन् । 

स्नातक तहको विद्यार्थी भर्ना अभियान २०७९/८० को सन्दर्भमा अन्तर्रक्रिया कार्यक्रम सम्पन्न
November 03, 2022

स्नातक तहको विद्यार्थी भर्ना अभियान २०७९/८० को सन्दर्भमा अन्तर्रक्रिया कार्यक्रम सम्पन्न

मनमोहन प्राविधिक विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङको स्नातक तहको विद्यार्थी भर्ना अभियान २०७९/८० को सन्दर्भमा अन्तर्रक्रिया कार्यक्रम सम्पन्न भएको छ । स्कुल अफ इन्जिनियरिङका डिन डा. प्रचण्ड मान प्रधानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विश्वविद्यालका उपकुलपति डा. सुवास श्री पोख्रेल, रजिष्ट्रार डा. दिलनाथ फुएल र विभागीय प्रमुख सह-प्राध्यापक नरेन्द्र कुमार डाँगीज्यूको उपस्थिति रहेको थियो । तीस जना भन्दा बढी पत्रकारहरुको उपस्थिति रहेको सो कार्यक्रममा स्कुल अफ इन्जिनियरिङको स्नातक तहको विद्यार्थी भर्ना सम्बन्धी जानकारी िदइएको थियो ।

स्नातक तहको विद्यार्थी भर्ना अभियान २०७९/८० को सन्दर्भमा अन्तर्रक्रिया कार्यक्रम सम्पन्न
October 24, 2022

विश्वविद्यालयको दोस्रो सभाको बैठक सम्पन्न
October 19, 2022

विश्वविद्यालयको दोस्रो सभाको बैठक सम्पन्न

मनमोहन प्राविधिक विश्वविद्यालयका कुलपति, प्रदेश नं. १ का मुख्यमन्त्री मा. राजेन्द्र राईको अध्यक्षतामा दोस्रो सभाको बैठक सुनसरीको ईटहरीमा सम्पन्न भएको छ ।

विश्वविद्यालय सभा सदस्य स्व. गोविन्द गजुरेलको निधनमा शोक सभा सम्पन्न
September 26, 2022

विश्वविद्यालय सभा सदस्य स्व. गोविन्द गजुरेलको निधनमा शोक सभा सम्पन्न

मनमोहन प्राविधिक विश्वविद्यालय सभा सदस्य, बोर्ड अफ गभर्नर्सका सदस्य, मनमोहन स्मृति पोलिटेक्निकका भूतपूर्व निर्देशक, भूतपूर्व प्राचार्य, शिक्षाविद श्री गोविन्द गजुरेलज्यूको मिति २०७९/०६/०९ मा भारतको नयाँ दिल्लीमा उपचारका क्रममा असामयिक निधन भएको थियो । उहाँको पार्थिव शरिरलाई आज असोज १० गते पशुपति आर्यघाटमा दाह संस्कार गरिएको यस विश्वविद्यालयका तर्फबाट दाहसंस्कारमा सहभागि बरिष्ट लेखा अधिकृत सुजन भुर्तेलले जानकारी गराउनु भयो । यता मनमोहन प्राविधिक विश्वविद्यालयको केन्द्रिय कार्यालय मोरङमा शोक सभा सम्पन्न गरिएको छ । विश्वविद्यालयका उपकुलपति डा. सुवासश्री पोख्रेलले मनमोहन स्मृति पोलिटेक्निकको स्थापना र सञ्चालन तथा मनमोहन प्राविधिक विश्वविद्यालयको स्थापनामा  स्व. गाेविन्द गजुरेलको योगदानको चर्चा गर्नु भएकाे थियो । विश्वविद्यालयका रजिष्ट्रार डा. दिलनाथ फुएलले शोकपत्र पढेर सुनाउनु भएकाे थियो । कार्यक्रममा मनमाेहन स्मृति पोलिटेक्निकका प्राचार्य इ. सुदिप अधिकारी र अ.लेक्चरर इ. युवराज चौधरीले मन्तव्य राख्दै स्व. गजुरेलको मातहतमा नजिक रहेर काम गर्दा उहाँबाट धेरै कुराहरु सिकिएको बताउनु भयो । कार्यक्रममा विश्वविद्यालयका शिक्षक तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।  

साक्षर प्रदेश नं. १ घाेषणा कार्यक्रममा मनमाेहन प्राविधिक विश्वविद्यालयकाे सहभागिता
September 08, 2022

साक्षर प्रदेश नं. १ घाेषणा कार्यक्रममा मनमाेहन प्राविधिक विश्वविद्यालयकाे सहभागिता

सामाजिक विकास मन्त्रालय, प्रदेश नं. १ काे अायाेजनामा सम्पन्र साक्षर प्रदेश नं. १ घाेषणा कार्यक्रममा मनमाेहन प्राविधिक विश्वविद्यालयकाे सहभागिता रहेकाे थियाे । विश्वविद्यालबाट रजिष्ट्रार डा. दिलनाथ फुएल, इन्जिनियर युवराज चाैधरी लगायतकाे उपस्थिती रहेकाे थियाे । प्रदेश नं. १ काे गाैरवकाे अायाेजनाका रूपमा रहेकाे मनमाेहन प्राविधिक विश्वविद्यालय साक्षर प्रदेश नं. १ घाेषणा कार्यक्रमकाे अायाेजक समितिकाे सदस्य रहेकाे थियाे ।

मनमोहन प्राविधिक विश्वविद्यालय र महेन्द्ररत्न बहुमुखी क्याम्पस इलाम विच पारस्परिक सम्झौतामा हस्ताक्षर
August 22, 2022

मनमोहन प्राविधिक विश्वविद्यालय र महेन्द्ररत्न बहुमुखी क्याम्पस इलाम विच पारस्परिक सम्झौतामा हस्ताक्षर

इलाम । मनमोहन प्राविधिक विश्वविद्यालय, मोरङ र महेन्द्ररत्न वहुमुखी क्याम्पस, इलामका विच पारस्परिक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । दुई शैक्षिक संस्थाबिच अध्ययन, अध्यापन, परामर्श र अनुसन्धानका क्षेत्रहरूलाई अझ बढी प्रभावकारी, व्यवस्थित बनाउन दुवै शैक्षिक संस्थाबिच शैक्षिक संस्थामा हस्ताक्षर भएको हो । सम्झौता पत्रमा आ–आफ्नो क्षेत्रमा शैक्षिक गुणस्तर अभिवृद्धि गर्न र संस्थाहरूबाट प्रदान भई आएका, गर्न सकिने सेवा, सुविधा एवम् सहयोगलाई अझ उन्नत बनाउनका लागि रही दुवै पक्षबाट हस्ताक्षर गरिएको हो ।सम्झौता-पत्रमा दुवै हस्ताक्षरकर्ता संस्थाहरूको अधिनमा रहेका प्रयोगशाला, फिल्ड, पुस्तकालय, सङ्कलित तथ्याङ्क तथा सामग्रीहरू विद्यार्थी, प्राध्यापक एवम् कर्मचारीहरूको अध्ययन, अनुसन्धान, अध्यापन तथा अन्य प्राज्ञिक क्रियाकलापका लागि संस्थाहरूको नियमको परिधीभित्र रही एक अर्काले प्रयोग गर्न सक्ने उल्लेख छ ।अध्ययन, अनुसन्धान, अध्यापन तथा अन्य प्राज्ञिक क्रियाकलापका लागि क्याम्पस/विश्वविद्यालयको आधिकारिक पत्र मार्फत अनुरोध  गरिने र पत्रमा तोकिएको विद्यार्थी, प्राध्यापक एवम् कर्मचारीलाई मात्र सो कार्यहरू गर्न अनुमति दिइने सम्झौता भएको छ ।मनमोहन प्राविधिक विश्वविद्यालयका तर्फबाट रजिष्ट्रार डा दिलनाथ फुयँल र इलाम क्याम्पसको तर्फबाट क्याम्पस प्रमुख खगेन्द्रनाथ चापागाईले हस्ताक्षर गरेका छन् । हस्ताक्षर भएको सम्झौता-पत्रमा सम्बन्धित विषय विज्ञहरूको विज्ञतालाई पारस्परिक हितको लागि प्रयोग गरिने, गेष्ट लेक्चरको कार्य गर्ने प्राध्यापकहरूलाई संस्थाको नियमअनुसार पारिश्रमिक उपलब्ध गराइने, आवश्यकता अनुसार दुई मध्ये कुनै पनि संस्थाले आयोजना गर्ने अध्ययन, अनुसन्धान तथा शिक्षण–सिकाई सम्बन्धी परामर्श सेवा, कार्यशाला गोष्ठी, सेमिनार तथा विचार गोष्ठीहरूमा हस्ताक्षरकर्ता संस्थाका प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरूलाई सहभागी गराइने उल्लेख छ ।यस्तै समय समयमा अध्ययन, अनुसन्धान तथा शिक्षण–सिकाई सम्बन्धी परामर्श सेवा, कार्यशाला गोष्ठी, सेमिनार तथा विचार गोष्ठीहरू संयुक्त रुपमा आयोजना गरिने पनि सम्झौता-पत्रमा उल्लेख छ । २ वर्षका लागि लागू हुने सम्झौतामा म्याद भुक्तान भएपछि दुवै शैक्षिक संस्थाको शैक्षिक गुणस्तर सुधारका कार्य गर्न पुनः अर्काे समझदारी गरी कार्यान्वयन गर्ने समझदारी पनि बनाएका छन् ।समझदारी पत्रको हस्ताक्षर कार्यक्रममा मनमोहन प्राविधिक विश्वविद्यालयका डीन प्रचण्डमान प्रधान, इलाम क्याम्पस संचालक समिति अध्यक्ष प्रेमलाल मिश्र, सहायक क्याम्पस प्रमुख पोष्टराज लामिछाने, प्रविन घिमिरे, सरिता निरौला आइक्यूएसि प्रमुख दिपेन्द्र प्रसाद दुलाल, अनुसन्धान विभाग प्रमुख राजेन्द्र प्रसाद बराल लगायतको उपस्थिति रहेको थियो ।